दोलखा। जिलु साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ४, जिलुमा रहेको जिलु साना किसान कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा संस्थाका अध्यक्ष माेहन बहादुर बस्नेतकाे अध्यक्षतामा शनिबार सम्पन्न भएको छ । बार्षिक साधारण सभाले आर्थिक बर्ष ०८१/०८२ काे प्रस्तावित कार्यक्रम र वजेट पारित गरेकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा ४ नम्बर वडाका वडा अध्यक्ष तारानाथ चौलागाईं, बिशेष अतिथिहरु भाेजराज चाैलागाई र केशबराज चाैलागाईले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाकाे अबसर पारेर वडा कार्यालयमा जिलु साना किसान कृषि सहकारि संस्था लि. काे सहकार्यमा आधारभुत स्वास्थ्य केन्द्र जिलुकाे स्वास्थ्य टाेलिले १६८ जना महिला तथा ४९ जना पुरुष सहित जम्मा २१७ जनालाई स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गरेकाे वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिएका छ्न।
कार्यक्रममा संस्थाका सचिव दिलबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन, काेषाध्यक्ष श्रवण चाैलागाईले आर्थिक प्रतिबेदन प्रस्तुत तथा लेखा सुपरिवेक्षण समितिकाे प्रतिबेदन संयाेजक रंगध्वज बुढाथोकीले प्रस्तुत गरेका थिए । हाल संस्थामा १४३५ जना सेयर सदस्य रहेका छन ।





प्रतिक्रिया