(बिहानिआवाज संवाददाता)


काठमाडौ ५ बैशाख, नेपाल आयल निगम कर्पोरेसनले फेरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमको शनिबार बसेको बैठकले २०७८ बैशाख ४ गते राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

नयाँ खुद्रा बिक्रि मूल्य अनुसार पेट्रोलमा १ रुपैयाले वृद्धि गरि प्रति लिटर १२१ रुपैया तेस्तै डिजेल र मट्टीतेलमा १ रुपैयाले वृद्धिगरि प्रती लिटर १०४ रुपैया कायम गरिएको छ । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको साविकको बिक्रि मूल्यमा प्रति लिटर २ रुपैयाले वृद्धि गरी प्रती लिटर ७६ रुपैया कायम गरिएको छ भने एल. पि. ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रयोग हुने तेलको मूल्य भने यथावत राखिएको छ ।

यस अघि निगमले २०७७ चैत्र २२ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । सोहि मुल्यवृद्धिको बिरोधमा नेपाली काङ्ग्रेस (वी. पी.) ले आयल निगम घेराउ देखि अन्य बिरोधका कार्यक्रम गर्दै आएको छ ।