ज्योति लाइफ इन्स्योरेन्स शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ कराेड २० लाख  कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार भोलि बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार बुधबारको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।