(सुमन थापा )

चैत्र २२ काठमाडौ, नेपाल आयल निगम कर्पोरेसनले २०७७ चैत्र २२ गते राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गरेको कर्पोरेसनले बिज्ञप्ति मार्फत जनाएको छ । निगमले ईण्डियन आयल कर्पोरेशनबाट १६ मार्च २०२१ मा पास मूल्य अनुसार मिति २०७०/१२/०३ मा पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन आन्तरिक उडान तर्फको साविकको खुद्र विक्रि मूल्यमा प्रति लिटर रु २ वृद्धि गरी पेट्रोलको रू. ११८।०० प्रति लिटर, डिजेल/ मट्टितेलको रू. १०१।०० प्रति लिटर तथा हवाई ईन्धन (आन्तरिक उडान तर्फ। को रु. ७४।०० प्रति लिटर कायम गरेको थियो

सो मूल्य समायोजन पश्चात् पनि निगमलाई अर्धमासिक रुपमा रू १२७ करोड ७० लाख घाटा नै रहेको निगमले जनाएको छ । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही स्थिर भएतापनि निगमको मासिक नोक्सानी अत्याधिक नै रहेको छ ।

निगमको मिति २०७७/१२/२२ को निर्णय तथा स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरे अनुसार मिति २०७७ चैत्र २२ गते राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम तथा डिजेल/महितेलको साबिकको खुद्र बिक्रि मूल्यमा प्रति लिटर रू. २।०० ले वृद्धि गरी काठमाण्डौं निगमको डिपो क्षेत्रको १५ कि.मि. दुरि सम्म नयाँ खुद्र मूल्य मक्रमशः रू १२०।०० तथा रू १०३।०० प्रति लिटर कायम गरिएको छ । एल.पि. ग्याँस तथा हवाई इन्धनको मुद्रा विक्रि मूल्य भने हाललाई यथावत नै कायम राखिएको छ ।

मूल्य सामायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ७ ३९ पैसा डिजेलमा प्रति लिटर रू. १।९४ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर रू. ४१८।४७ घाटा भई अर्धमासिक रूपमा करिव रू. ८८ करोड घाटा हुने निगमले बिज्ञप्ति मार्फत जनाएको छ । जस मध्ये एल.पि. ग्यासको कारोबारबाट मात्र निगमलाई पाक्षिक रू ६०।१३ करोड घाटा रहेको अवस्था छ ।