असोज -१६, काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति नेपालको अध्यक्ष श्री राजेन्द्र महतोको उपस्थितिमा पशुपति क्षेत्रमा आज बेलुका बाढी पहिरोमा ज्यान गुमाएका दिवंगत आत्माको चीर शान्तिको कामना गरिएको छ। २३२ जनाको सम्झनामा २३२ मैनबति बाली शान्तिको कामना गरियो। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेताहरु सुमन सायमी, कमला गुरुङ, केशव झा, जुनतारा पुन मगर, रबिन्द्र श्रेष्ठ , कौशल सिंह,राज नारायण साह, हुसेन खान लगायतको उपस्थिति थियो।