ललितपुर । नेपाल पत्रकार महासंघले प्रेश विज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य तथा खबर सर्कलका सम्पादक सागर देवकोटामाथि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले हिजो (मंगलबार) सूचना माग गर्दा गरेको दुर्व्यवहारप्रति महासंघ ललितपुर शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।

राष्ट्रिय सूचना आयोगको आदेश २८/०७९/८० निर्णय नं. ९० अनुसार सूचना माग्न जाँदा उक्त प्रतिष्ठानका कर्मचारी वि.एच. एम. कोअर्डिनेटर विनोद अर्यालले आफ्नो कार्यकक्षमा छलफल गर्ने बाहनामा केही विद्यार्थीलाई अग्रिम झडप गराउने उद्देश्यले सूचना माग्न गएका पत्रकार देवकोटालाई आफ्नै कार्यकक्षमा ढोका थुनी धाकधम्की दिएको पत्रकार देवकोटाको भनाई रहेको छ ।

केही विद्यार्थी लाई प्रयोग गरि प्रतिष्ठान विरूद्ध समाचार लेखेमा वा प्रतिष्ठानको सूचना मागेमा जे पनि गर्ने भनी धाकधम्की दिएकोमा हाम्रो ध्यान आकर्षण भएको छ ।
सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार आम नेपालीको संवैधानिक अधिकार हो ।

अतः स्वतन्त्र रूपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुर्व्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । पत्रकार महासंघ संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहोऱ्याउन सम्बन्धित निकायसँग माग गर्दछ । कुनै पनि घटनाबाट विचलित नभई सत्यतथ्य समाचार सम्प्रेषणमा जुट्न आम पत्रकारहरूमा हामी अनुरोध गर्दछौं ।