उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको अकस्मात निधन भएको छ । आज इजलासमा जाने तयारी गर्दागर्दै हृदयघातबाट उनको मृत्यु भएको बताइएको छ । 

न्यायाधीश मरासिनीको ५ नम्बर इजलासमा एकल पेशी तोकिएको थियो । मुद्दा हेर्ने लिस्टका लागि गोला तानेलगत्तै उनलाई ह्रदयघात भएर तत्क्षण निधन भएको हो । 

न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सम्पूर्ण पेशी स्थगित भएको अदालतले जानकारी दिएको छ । (जनआस्थाबाट साभार)