काठमाण्डौ । राष्ट्रिय सभाको चुनाव आज सम्पन भएको छ । आज मिति २०८०/१०/११ गते विहीवार पूर्वनिर्धारित समय विहान ९ बजेदेखि दिउसो ३ बजेसम्ममा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

सबै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलकf सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको छ । यसरी कोशी प्रदेशतर्फ कूल मतदाता ३६६ मा ३६४ जनाले मतदान गरेकोले ९९.४५ प्रतिशत मतदान भएको छ ।

मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान गरी ९९.०७ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी मधेश प्रदेशतर्फ कूल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९.७३ प्रतिशत मतदान भएको छ ।

बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ ११० जना मतदाता रहेकोमा १०८ जनाले मतदान गरी ९८.१८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरी ९८.७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता ३४७ मा ३४२ जनाले मतदान गरेकोले ९८.५६ प्रतिशत मतदान भएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ जनाले मतदान गरेकोले ९९.५७ प्रतिशत मतदान भएको छ ।

लुम्विनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा ८७ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ जनाले मतदान गरी ९९.०८ प्रतिशत मतदान भएको छ । यसरी लुम्विनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ जनाले मतदान गरेकोले ९९.३४ प्रतिशत मतदान भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा १९६ जनाले नै मतदान गरेकोले १०० प्रतिशत मतदान भएको छ ।

सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ जना मतदाता रहेकोमा ५२ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गरी ९८.३० प्रतिशत मतदान भएको छ । यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२५ जनाले मतदान गरेकोले ९८.६८ प्रतिशत मतदान भएको छ ।

यसरी सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरी ९९.४५ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४९७ जना मतदाता रहेकोमा १४८६ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकोले ९९.३२ प्रतिशत मतदान भएको छ ।

सातै प्रदेशमा मतगणनाको कार्य निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ गर्ने तयारी भई रहेको र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम समेत रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्ण सरोकारवाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले आयोग सम्वन्धित सबैमा धन्यवाद ब्यक्त गर्दछ ।