(वसन्त खड्का )

काठमाडौं बैसाख – ३० गोकर्नेश्वोर नगरपालिका वडा नम्बर .५ ले निर्वाचन पूर्व गरिएका आफ्ना प्रतिवद्धता क्रमस पुरा गर्दै गइरहेको छ ।सोहि अनुरुप वडा ५ .अन्तरगत पल्स स्कुल आसपास को क्षेत्रमा खानेपानि को पाइप गाडेको हो ।

गोनपा.५ वडाध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुबेदी

विगत लामो समय देखि पल्स स्कुल आसपासका स्थानियहरु खानेपानीको लाइन बाट बन्चित थिए । वडा ,स्थानियवडावासी तथा युवाहरुको संयुक्त प्रयासमा उक्त कार्यक्रम सफल भएको हो ।खानेपानिको पाईप गाडीए संगै उक्त पाइप वाट बिगत घरमा धाराको लाइन नै नभएका र विभिन्न कारणले धारामा पानि नआउने समस्या वाट जुझीरहेका स्थानियबासीले छिटै पानि खान पाउने भएका छन् । वडाध्यक्ष सुबेदी ,संगको छोटो कुराकानीमा उनले के.यु.के.एल संग आवश्यक कुराकानी र प्रकृया पुरा भैसकेको र चाडो भन्दा चाडो वडावासीले पानि खान पाउने कुरामा निश्चिन्त रहन वडावासी लाइ आग्रह समेत गरेका छन् ।

 वडा सदस्य कमला नेपालीको उपस्थितिमा खाने पानि को पाइप गाड्ने कार्य सुरु हुदै /

 

गोनपा .वडा ५ ले हाल बिकासका कार्यमा नगर भित्र आफुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकेको छ ।