काठमाण्डौ । निर्वाचन आयोग नेपालले मतदाता नामावली दर्ता कार्य स्थगन गर्न उपसचिव एवम् प्रवक्ता डा. थानेश्वर भुसालले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । मिति २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् रिक्त भएको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदका लागि मिति २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी आयोगबाट मिति २०८० फागुन १३ गते मिति तोकिएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले मिति २०८० फागुन १३ गते निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।