(सुमन थापा)
फाल्गुन ७, काठमाडौं- होटल तथा रेष्टुरेण्टले १० प्रतिशत सेवा शुःल्क लिन नपाउने सर्वोच्च अदालतको फैसलापछि आन्दोलनमा उत्रिएका होटल मजदुरले फाल्गुन ७ गते देखि घोषणा गरेको आमहडताल स्थगित भएको छ ।

होटल मजदुर आन्दोलनमा उत्रिएसंगै होटल तथा रेष्टुरेण्टका मालिकहरुलाई फरक खालको चिन्ता थपिएको थियो । सेवा शुःल्कबापत उठाइने १० प्रतिशत अतिरिक्त शुःल्कमध्ये श्रमिकहरुले ७२ प्रतिशत पाउँदै आएका थिए । होटल व्यवसायीहरु यस्तो शुल्क नै उठाउन नपाइने भएपछि श्रमिक तथा मजदूरहरुले काम नै छाड्ने हुन् की भन्ने होटल ब्यबसायीहरुको चिन्ता रहेको थियो ।

होटल मजदुरले पाउदै आएको १० प्रतिशत सेवा शुल्क नेपाल सरकार, होटल संघ नेपाल र संयुक्त ट्रेड युनियन बिच समस्या समाधानको लागि १५ दिने समयसिमा सहित नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन बिभागको महानिर्देशक श्री होम प्रसाद लुइंटेलको संयोजकत्वमा १० सदस्यिय समिती गठन भए संगै आइतबार देखि गर्ने भनिएको आम हडताल स्थगित भएको छ ।

१०% सेवा शुल्क खारेजी को विरुद्ध भैरहेको आन्दोलनसंगै केन्द्रिय संगठनबाट संयुक्त माग पत्र हान (HAN)समक्ष पेश गरिएको छ । केन्द्रिय अध्यक्षहरु अखिलको अध्यक्ष कुमार पन्त, नेस्वहोमयुको अध्यक्ष लक्ष्मण तिवारी नेपहोस श्रमिक संघ अध्यक्ष खेमराज खड्का लगाएत सबै संगठनका पदाधिकारी केन्द्रीय कमिटिका प्रतिनिधि लगाएतको उपस्थितीमा हानका महासचिब साजन शाक्यलाई ४ बुँदे मागपत्र सहित ध्यानाकर्षण पत्र पेश गरिएको नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका केन्द्रीय कमिटी सदस्य केशबराज सापकोटाले जानकारी दिएका छन ।

शुक्रवार बसेको बैठकमा वार्ताबाटै समस्यको समाधान गर्नेगरि नेपाल सरकारको अनुरोधमा १५ दिनको लागि ७ गते देखि गर्ने भनियको होटल मजदुरको आमहड्ताल स्थागित भएको छ ।