साउन,७- काठमाडौं– चितवनको भरतपुरस्थित सिमलडाँडा सडकछेउको सडक छेउमा एक पुरुष मृत फेला परेका छन्। वस्तीबाट करिब ३ सय मिटर पर सडक नजिकै आज बिहान ७ बजेतिर ३० वर्षजतिका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । पैदलयात्रुले कालोपत्रे सडकनजिकैको घोलमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा अनुसन्धान टोली पठाएर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिलेसम्मको शवको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । अनुसन्धानरत प्रहरीका अनुासर ती पुरुषको टाउकोमा गोली लागेको जस्तो देखिएको छ भने घटनास्थलमा एक थान गोलीको खोका भेटिएको छ ।