काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको समन्वयमा कागेश्वरी मनोहरा नगरपालिकामा ५ दिने गरिव परिवार पहिचान तथा परिचय–पत्र वितरण सम्बन्धि सुपरिवेक्षक तथा गणक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले पालिका भित्र रहेका वास्तविक गरिवहरुको पहिचान र उनिहरुको वास्तविक अवस्था पहिचान गर्नु चुनौतीपूर्ण काम भएको बताउनु भयो ।

विद्यमान अवस्थामा स्थानीयवासीले आवश्यक सुचना लुकाउने, सुचना नदिने र गलत तथ्याङ्क दिने खतरा भएकोले गणकहरु सतर्क भएर काम गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख थापाले पालिकाले गर्नु पर्ने सबै सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरवासीहरुलाई सत्य तथ्य सुचना दिएर सरकारलाई सहयोग गर्न आग्रह समेत गुर्न भयो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले पालिका भित्र १८ प्रतिशत जनसङ्ख्या गरिबिको रेखामुनी रहेको बताउनुभयो । उहाँले यो तथ्याङ्कका आधारमा को गरिब हो भन्ने पहिचान हुन नसक्ने भएकोले वास्तविक गरिब पहिचान गर्न सहि तथ्याङ्क संकलन गर्न आग्रह समेत गर्नु भयो ।

नगर उप–प्रमुख विन्दु पुडासैनी ९सिम्खडा०ले गणक तथा सुपरिवेक्षकहरुले काम गर्ने क्रममा तत्काल आउने समस्या समाधानका लागि पालिका तयार रहने बताउनुभयो । सहि तथ्याङ्क र वास्तविक गरिब पहिचानमा गणक तथा सुपरिवेक्षकहरुको कौशलतामा भर पर्ने बताउनु भयो । उहाँले नगरको वास्तविक गरिबी पत्ता लगाई राज्यले दिने सेवा सुविधाबाट वास्तविक गरिब नछुटुन भन्नाका लागि गणकहरुले होसियार भएर काम गर्न आग्रह गर्नु भयो ।