साउन, ७ काठमाडौं- मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि प्राथमिक सेय (आईपीओ बिक्रि गर्न भएको छ कम्पनीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रिका लागि

खुला गर्ने बताएको छ । यद्यपि सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको

छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुने कम्पनीले जनाएको छ । आइपिओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।