प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने उद्देश्यका साथ सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह, नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा, विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेट गरेका छन्। भेटमा संसद्को कार्य सञ्चालन, दलहरूबीचको समन्वय र आगामी संसदीय कार्यसूचीबारे छलफल भएको सभामुख अर्यालकाे सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने विषयमा धारणा आदानप्रदान भएको थियो।
यसैबीच, मंगलबार नै सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि छुट्टै छलफल गर्नुभएको थियो। उक्त छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई अझ व्यवस्थित बनाउने, आगामी बैठकका कार्यसूचीलाई समयमै टुंग्याउने तथा संसद्को प्रभावकारी सञ्चालनका लागि आवश्यक समन्वयका विषयमा विचारविमर्श भएको जनाइएको छ।

प्रतिक्रिया