काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् । मुद्धाको पेसी आइतकार तोकिएको छ ।

राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाका बीच भट्टले शुक्रबार मात्रै राजीनामा बुझाएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।