मंसिर २३, महोत्तरी। संघीय हिन्दु गणतान्त्रिक देश स्थापना एवम् चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान” ले महेश कुमार यादवको अध्यक्षतामा “राष्ट्रिय एकता अभियान, महोत्तरी” को जिल्ला तदर्थ समिती गठन गरेको छ ।
अभियानको महोत्तरीका उपाध्यक्ष द्वयमा मोहन कुमार पाण्डेय र दिनेश चौधरीलाई चयन गरिएको छ भने सचिवमा सुवास मिश्र, सह-सचिवमा अजय कुमार झा, कोषाध्यक्षमा उपेन्द्र यादव तथा सदस्यहरुमा हरि नारायण दास, प्रमोद कुमार पाण्डेय,राम कुमार यादव,राम दयाल दास र कोपेन्द्र झा लाई चयन गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय एकता अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरोध गर्दै देशमा विद्यमान विभिन्न संस्कृति, भाषाभाषी तथा क्षेत्रलाई एकता बद्ध गर्दै संघीय हिन्दु गणतान्त्रिक देश स्थापना गर्न राष्ट्रिय एकता अभियान अहोरात्र कामगर्दै आएको बताउनु भयो । वहाँले हिन्दु राष्ट्र स्थापनाको मागलाई राजा र राजसंस्थासंग जोडेर हेर्नुमा कुनै तारतम्य नरेको बताउँदै संघीयता र गणतन्त्र ल्याउन देशले ठूलो मूल्य चुकाएको हुनाले अब राजाको औचित्य नरहेको कुरा राख्नु भयो । कार्यक्रममा अभियानका वरिष्ठ नेता वि पी यादव, अभियानका केन्द्रिय सदस्य जितेन्द्र दास लगायतका वक्ताले हिन्दु बाहुल्य देश,हिन्दु संस्कृति संरक्षण संवर्द्धन गर्दै चिनियाँ विस्तारवाद बाट बचाउन राष्ट्रियता बलियो बनाउनकालागि राष्ट्रिय एकता अभियानलाई मजबुत बनाउनु पर्ने अपरिहार्यता बारे कुरा राख्नु भएको थियो ।
राष्ट्रिय एकता अभियानको महोत्तरी तदर्थ समिति गठन
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया