सुमन थापा )
भाद्र ३० काठमाडौ, संघीय राजधानी काठमाडौंको कलंकीस्थित खाँडादेवी फुडल्याण्डमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष माधव शर्माको अध्यक्षता एवं वरिष्ठ गायिका देविका बन्दनाको प्रमुख आतित्थ्यतामा, संस्था कि सदस्य सानू शर्मा को संयोजन तथा कोष वृद्धि संयोजक सृजना सुबेदीको संचालनमा सम्पन्न भएको कार्यक्रममा सामाजिक सेवामा समर्पित रहेका विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

गायिका बन्दनाले प्रतिष्ठान तथा मिलिजुली परिवारले समाजका लागि महत्वपूर्ण कार्यहरू गर्दै आएकोमा खुशी व्यक्त गर्दै समाजसेवालाई निरन्तरता दिन अनुरोध गरेकी छन्। संस्थाकी संरक्षक रारा सैंजु (रेखा) र वरिष्ठ सल्लाहकार अमृता भट्टराई विशेष आयोजक रहेकी थिइन्। संस्थामा आवद्ध महिला दिदिबहिनीहरुलाइ माइतिको भुमिका निर्वाहा गर्दै संरक्षक रारा सैंजु र वरिष्ठ सल्लाहकार अमृता भट्टराईले उक्त कार्यक्रम गरेको संरक्षक रारा सैंजुले बताउनु भयो ।

कार्यक्रममा पत्रकार धनराज वास्तविक, डिस्ट्रिक चिफ लायन्स इन्टरनेशनल डिष्ट्रिक (३२५) एमका रिता खनाल, महिला उद्यमी कल्पना बस्नेत, नेपालको पहिलो एम्बुलेन्स महिला चालक मनिसा राई, नेपालको पहिलो रेस्लर मुना श्रेष्ठ, गायिका रितिका थपलिया, गायिका पुनम बस्याल मिलिजुली परिवारका ६० जना दिदी बहिनी एव नेपालको ईतिहास मा सुप्रीम डेपलपमेन्ट बैंक को पहिलो महिला ceo अम्बिका श्रेष्ठ लाई सम्मान गरिएको थियो साथै अम्बिका श्रेष्ठले मिलिजुली परिवार को सामाजिक अभियान लाई नगद रु ५०००/- सहयोग गरेको अध्यक्ष माधव शर्माले बताउनु भयो।