तौलिहवा भैरहवा सडक अन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका-६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
तौलिहवादेखि भैरहवा तर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
गम्भीर घाइते भएका यशोधरा गाउँपालिका-२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया