पौष १३, काठमाडौं- मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री पुनर्संरचनासहितको कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शमलि जानकारी दिइन् । उनका अनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी अनावश्यक भएको भन्दै हटाउन लागिएको हो ।

अब प्रधानमन्त्री कार्यालयबाट कटौती भएका दरबन्दीका कर्मचारी अन्यत्र कामकाजमा जाने पनि उनले बताइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधन गरे बमोजिम प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्ने र आज यहाँबाट सुरुवात भएको तथा अब विस्तार गरेर जाने पनि जानकारी दिइन् ।