नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र सरकारमा पठाउने मन्त्रीहरुका सवालमा अहिलेसम्म नेता डा. शेखर कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नै नगरेको गुनासो बाहिर आएको छ ।

प्रदेश सरकार गठन र आफ्नो समुहको सहभागीताबारे मंगलबार  दिउँसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा डा. शेखर कोइरालाले आफू निकट नेताहरुसंग छलफल गर्नुभएको थियो । छलफलले कोशीमा – २ वाग्मतीमा – ३, गण्डकीमा- २, लुम्बिनीमा – २, कर्णालीमा – १ र सुदुरपश्चिममा – १ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको डा. शेखर कोइरालाका निजि सचिव दिनेश थपलियाले जानकारी दिएका छन ।

बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन मार्फत आफ्नो समुहको धारणा राखेको भएपनी अहिले सम्म पार्टी सभापतिबाट कुनै जवाफ नाअएको थपलियाको भनाइ छ ।  विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचार बाहेक शेखर कोइराला पुर्ण रुपमा बेखबर रहेका छ्न ।