मंगलबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। कारोबार हुने साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि झण्डै २ अर्बले घटेको छ। मंगलबार ३४२ स्टकको ५५ हजार ५८० पटकको कारोबारमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।

सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य ११२ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सेन्ट्रल फाइनान्सको २७ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। रिडी पावर कम्पनीको २१ करोड र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँको कारोबार भयो।

१३ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । बाँकी उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।