२५-चैत्र २०७७ रामेछाप, प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोरम्बा गाउँपालिका २ रामेछापस्थित सहिद स्मृति रंगशालामा बुधबारदेखि सुरू भएको हो ।
प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक टिम सैलुङ (बी) र अर्गानिक भिलेज नागीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आयोजक टिम सैलुङ (बी) नागीसँग २-० गोल अन्तरले पराजित भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले खेल क्षेत्रको विकासमा कुनै पनि कसुर बाँकी नराख्ने बताए । त्यस्तै पालिका उपाध्यक्ष कृशला घिसिङले खेल क्षेत्रमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्न आफू तत्पर रहेको बताइन् ।
प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । द्धितिय हुने टिमले नगद एक लाख र तृतिय हुने टिमले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउनेछन् ।
सान्त्वना हुने टिमले नगद २० हजार रुपैयाँ र उत्कष्ट खेलाडीले नगद पाँच हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिता चैत २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।सैलुङ खेलकुद विकास समितिका अध्यक्ष निराज लामाले आगमी दिनमा यस्ता महत्वपूर्ण कार्यक्रमहरुप्रति सरोकारवाला सबै लागि परेको बताउनुभयो ।
प्रथम हुने टिमको लागि नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमको लागि नगद रु १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमको लागि नगद रु पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र सान्त्वनाको लागि नगद रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार र ट्रफी सहितको पुरस्कार राखिएको छ । प्रतियोगिता चैत २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
दोरम्बामा सुरु भयो प्रथम दोरम्बा सहिद स्मृति कप फुटबल प्रतियोगिता ।
Trending
जन्मदिन मनाउन वृद्धाश्रम पुगे मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष लामा:
चैत २२- काठमाडौं – मिलिजुली सामाजिक प्रतिष्ठानका उपाध्यक्ष ज्ञान बहादुर लामाले आफ्नो जन्म दिन काठमाडौको गोङ्गबुस्थित हिमालय वृद्धाश्रम केन्द्रमा…
वरिष्ठ ब्युटिसियन पुनम अमात्यद्वार सौर्न्दर्य आधारभुत तालिमको अवलोकन
काठमाण्डौ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवार द्वारा संचालित निशुल्क ब्युटिसियन आधारभुत तालिमको सौर्न्दर्य कला ब्यबस्याय…
मिलिजुली सामाजिक प्रतिष्ठानको प्रथम बिशेष साधारण सभा काठमाडौमा सम्पन्न
मंसिर ३०, काठमाडौ। मिलिजुली सामाजिक प्रतिष्ठानले आफ्नो प्रथम बिशेष साधारण सभा शनिबार काठमाडौमाको बुढानिलकण्ठमा भब्यताको साथ सम्पन्न गरेको…

प्रतिक्रिया