(रन्जन थापा)
चैत्र १, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधीकरण गर्नेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो । उनले भने, ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र। २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो। तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ। त्यो पनि अपवाद हो। जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो। यो जनताले लडेको युद्ध हो। सुकुम्बासी, महिला,मजदुर,श्रमिक जनता,एकदम पिँधमा भन्छन नि । पीडितले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो।’

महासचिव विप्लवले दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए। नेपाल राष्ट्रलाई स्वाधीन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले दाबी गरे। माओवादी पृष्ठभुमिका दुई कम्युनिस्ट पार्टीहरु नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज दुबै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि पार्टी एकताबारे जानकारी गराएका हुन।
नेकपा माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले दुई पार्टीवीच एकताको लागि लामो समयदेखि छलफल भैरहेकोमा एकता प्रक्रिया अन्तिम चरणमा पुगेको र चाडै नै पार्टी एकता घोषणा हुने बताउनु भयो। ढकालले यी दुई पार्टी मात्र नभएर बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंग पनि चाडै एकता हुने संकेत गर्दै बैशाख नौ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी एकता घोषणा हुने बताए ।
कार्यक्रममा बोल्दै नेकपाका प्रवक्ता खडक प्रसाद बिश्वकर्मा (प्रकाण्ड) ले नेपालको कम्युनिस्ट आन्दोलनको लामो इतिहासमा १० वर्षे जनयुद्ध महत्त्वपूर्ण रहेको बताउदै आफ्नो पार्टी जनयुद्धको नेतृत्वदायी पार्टी भएको बताउनु भयो। उहाँले जनयुद्ध र प्राप्त उपलब्धि विरुद्ध षड्यन्त्र भैरहेको बताउदै आफुहरु त्यसका विरुद्ध लडिरहेको साथै पहिले माओवादी भित्र रहेका इमानदार कम्युनिस्टहरुलाई एकताबद्ध गर्दै जाने र नेपालको कम्युनिस्ट आन्दोलनमा रहेका अन्य पार्टीहरु सँग एकता गर्दै जाने बताएका छ्न । देश र जनताको
भविष्य संकटमा रहेको र यो संकटलाई क्रान्तिमा बदल्न नेकपा नेतृत्वदायी पार्टी बन्ने समेत उहाले बताउनु भयो। प्रकाण्डले बैज्ञानिक समाजवाद स्थापना र एकीकृत जनक्रान्ती पूरा गर्न पार्टी एकता प्रक्रियाले थप बल पुर्याउने विश्वास व्यक्त गर्नु भयो।

नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ ले माओवादी आन्दोलनमा संकट आएपछी क्रान्तिकारी एकताको आवश्यकता महसुस गरि दुबै पार्टी एकता प्रक्रियामा आई शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थापनाको लागि अगाडी बढेको बताउनु भयो। दुई पार्टीले सुरु गरेको एकता अभियानबाट नेपालका सबै कम्युनिस्ट पार्टीले शिक्षा लिन पर्ने र अन्य माओवादी तथा कम्युनिस्ट पार्टीवीच एकताको लागि छलफल चलाउने बताउदै सुसिलले नेपालमा दलाल पुजीवादी क्यान्सरको रुपमा देखा परेकोले त्यसलाई हटाउन र बैज्ञानिक समाजवाद स्थापना गर्न कम्युनिस्ट एकता अपरिहार्य रहेको जानकारी दिए ।

प्रतिक्रिया