चैत्र १, काठमाडौं – सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट तराई मुक्ति मोर्चाले गराएको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको छ ।

मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले  बताउनु भयो  । विष्फोटमा परेर नायव सुब्बा शिवकुमार यादव गम्भिर घाइते भएको छ ।  अरु दुईजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।

विष्फोट गराउनेहरूको खोजी भइरहेको प्रहरीले बताए  । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेसर कुकर बम विष्फोट गराएको थाहा भएको छ । बम विस्फोटबाट घाइते भएका एक जनाको अवस्था चिन्ताजनक रहेको र घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।