गणतन्त्र कोरियाको राष्ट्रिय दिवस २०८१ को महत्वपूर्ण अवसरमा गणतन्त्र कोरिुयाली दूतावासले अक्टोबर १ तारिख (मंगलबार) बृहत रिसेप्सन कार्यक्रम आयोजना गरेको थियो। काठमाण्डौको सोल्टी होटलमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपराष्ट्रपती रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु, संसद सदस्यहरु, कुटनितिक नियोगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी, पत्रकार तथा प्रबुद्ध व्यक्तिहरूका साथै नेपालमा रहेका कोरियाली नागरिकहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रमका अतिथिवर्ग तथा उपस्थित महानुभावहरुलाई स्वागत तथा सम्बोधन गर्दै महामहिम राजदूत पार्क थेयङले गणतन्त्र कोरियाको राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई शुभकामना र सद्भावका लागि हार्दिक आभार प्रकट गर्नुभयो।

राजदूतबाट कार्यक्रमका लागि भएको सम्बोधन निम्न अनुसार रहेको छ।

गणतन्त्र कोरिया राष्ट्रिय दिवसका अवसरमा स्वागत मन्तव्य (२०२४.१०.०१ काठमाडौं)
सम्माननिय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यू
माननीय मन्त्रीज्यूहरु, संसद सदस्यज्युहरु, राजदूत साथीहरु,
नेपाली उद्यमी, सञ्चारकर्मी मित्रहरु, कोरियाली प्रवासीहरु,
आदरणीय उपस्थित अतिथिज्यूहरु,
शन्ध्याकालिन नमस्कार, 안녕하세요
आज गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महनुभावहरुलाई धन्यवाद टक्र्याउंछु।
आज यस विशेष कार्यक्रममा उपस्थित भएर गरिमा बढाई दिनु भएकोमा सम्माननीय प्रमुख अतिथि उपराष्ट्रपति यादवज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु।
आज यहांहरु संगै राष्ट्रिय दिवसको रुपमा मनाउंदै गर्दा वि.सि. २३३३ ईसा पूर्वमा कोरियाली प्रायद्वीपमा पहिलो राष्ट्र (राज्यको रुपमा स्थापना भएको दिनलाई स्मरण गर्दै राष्ट्रिय दिवस मनाउंदै आएका छौं। म तपाईसँग यस सुखद क्षणलाई संगै मनाउन पाउँदा अत्यन्त खुसी छु।
आदरणीय उपस्थित अतिथिज्यूहरु,
यो वर्ष कोरिया र नेपालका लागि विशेष वर्ष रहेकोछ। हामी दुई देशबीच सन् १९७४मा कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पुगेको महत्वपूर्ण वर्ष हो भन्ने लाग्छ। यो एक साँच्चै अद्भुत र रमाइलो यात्रा भएको छ। यस अर्धशतवार्षिक समारोहमा, आगामी ५० वर्षको लागि तयारी गर्दै, म भविष्यमा हाम्रो मित्रता र सहयोग विस्तार गर्ने प्रतिबद्धता गर्न चाहन्छु। म हाम्रो प्रतिबद्धतालाई चारवटा नाराद्वारा उल्लेख गर्न चाहन्छु।
पहिलो मेड इन नेपाल: कोरियाले नेपालमा उत्पादन गर्ने प्रतिबद्धता जनाएर सामान उत्पादनको थालनि गरेको छ। गत वर्ष अप्रिल महिनामा सामसङ इलेक्ट्रोनिक्सको एसेम्बल लाइन सञ्चालनमा ल्याए पश्चात, लक्ष्मी हुन्डाईले पनि गत मे महिनाबाट नेपालमा अटोमोबाइल उत्पादनको लागि आफ्नो कारखाना सञ्चालनमा ल्याएको छ। आज, तपाईंहरू सबैले नेपाल(कोरिया साझेदारीमा मेड इन नेपालका मूर्त र दृश्य तथा परिणामहरू देख्न सक्नु हुन्छ। त्यसैगरी कोरिया गत आर्थिक वर्ष नेपालमा तेस्रो ठूलो वैदेशिक लगानीकर्ता (पेडअफ क्यापिटल)को रुपमा आफ्नो उपस्थिती जनाएको छ। मेड इन नेपाल भनेको लगानी, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका लागि हो भन्ने लाग्छ।हामी अझ धेरै विषयमा साझेदारी गर्ने योजनाका साथ अगाडी बढेका छौं। लक्ष्य हासिलका खातिर कोरियाली कम्पनीहरूलाई यहाँ व्यापार व्यवसाय विस्तार गर्नका लागि नेपालसंग द्विपक्षीय लगानी सन्धिका लागि प्रयासरत छौं र हामी राम्रो एफडीआई अनुकूल वातावरण निर्माण गर्नका लागि प्रयत्नरत छौं।
दोश्रो, नेपालमा निर्माण साझेदारीः कोरियाले नेपालमा तीनवटा जलविद्युत आयोजना, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, सडक, अस्पताल, इनोभेसन हब सेन्टर, व्यावसायिक तालिम केन्द्र लगायतका पूर्वाधार निर्माण गरिरहेको छ। हामी नेपालमा थप प्रसारण लाइन निर्माणका साथै नेपाल प्रहरीका लागि अति आवश्यक साइबर अपराध ब्यूरो निर्माण कार्य गर्दै छौं। त्यसैगरी गणतन्त्र कोरिया सरकारले पाँच वटा प्रदेशमा दक्ष जनशक्ति निर्माणका खातिर व्यावसायिक तालिम केन्द्रहरु निर्माणमा केन्द्रित रहेका छौं।
तेस्रो, नेपालमा स्टार्टअपको शुरुवात: सन् २००७ बाट १००,००० (एक लाख) भन्दा बढी नेपाली आप्रवासी कामदारहरूले ईपिएस प्रणाली मार्फत कोरियालीहरूसँग समान हैसियतमा कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन्। स्वदेश फर्किएकाहरूले आफ्नो भविष्य बनाउनुका साथै कोरियाबाट व्यवसाय सम्बन्धी आवश्यक सीपहरू सिके। हामी कोरियाबाट सीप सिकेर व्यवसाय गर्ने अठोट लिएर फर्किएका कामदारहरूका लागि, हामी उनीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न चाहन्छौं र नेपालमा आफ्नै व्यवसाय सुरुगर्नका लागि आवश्यक सहयोग गर्न चाहन्छौं। त्यसका लागि हामीले नेपाल सरकार, कोरिया रिटर्नी एसोसिएसन र कोइकासँग मिलेर काम गरिरहेका छौं र यस्ले नेपालमा स्टार्टअपका लागि मद्दत पुग्छ भन्ने हाम्रो बुझाई रहेको छ।
अन्तमा, नेपालसँग प्रत्यक्ष जोडिएका छौं: कोरियाले नेपालसँग जनस्तरको आदानप्रदान बढाएको छ। इपिएस प्रणालीको बारेमा सबेलाई जानकारीनै छ। हाल नेपालमा ३,००० भन्दा बढी कोरियन स्वयंसेवकले नेपालका विभिन्न क्षेत्रमा आफ्नो अनुभव साटासाट गरिसकेका छन्। वार्षिक ३०,००० हाराहारी कोरियाली पर्यटकहरु नेपाल घुम्न आउने र कोरियामा अध्ययन अनुभव भएका करिब २,५०० नेपाली छात्रवृत्ति प्राप्त व्यक्तिहरुले कोरिया र नेपाललाई जोड्नका बलियो भूमिका खेलिरहेका छन्। हाल कोरियामा करिब ७० हजार नेपाली बस्दै आएका छन्। म विश्वस्त छु कि हामी आगामी वर्षहरूमा जनस्तरको आपसी सम्बन्धले नयां उचाई चुम्ने छ।
मेड इन नेपाल, बिल्ड इन नेपाल, स्टार्टअप इन नेपाल, र नेपालसँग प्रत्यक्ष रुपमा जोडिएर समृद्ध नेपाल, सुखी नेपाली, भन्ने नारालाई साकार पार्न हातेमालो गर्ने छौं।
आदरणिय उपस्थित महानुभावहरु,
कोरियाले विभिन्न क्षेत्रहरूमा गर्दै आएको सहयोगको दायरालाई फराकिलो गनृका लागि नेपाल सँगै सदैव समन्वय गरिरहने छ। कोरियाले सन् २०२६ मा एलडीसीबाट उत्तीर्ण हुने तयारीमा रहेको नेपालको साझेदारको भूमिकालागि थप प्रगाढ गर्ने छ।
पुनः एकपटक सम्माननीय उपराष्ट्रपति यादव र नेपाल(कोरिया साझेदारीका लागि बलियो समर्थक हुनुहुने सबै विशिष्ट अतिथिहरू प्रति कृतज्ञता व्यक्त गर्दछु। यहांहरुको सत्कारका लागि तयार गरिएको कोरियाली सांस्कृतिक प्रस्तुतिका साथै कोरियाली परिकारको साथमा तपाईहरुसँगै रमाइलो समय बिताउने आशा गर्दछु ।