फाल्गुन ९ काठमाडौं, राष्ट्रिय एकता अभियानले मधेस प्रदेशमा जिहादी आक्रमणको विरोध गर्दै आज जनकपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला समेत दहन गरिएको छ।

प्रदर्शनकारीहरूले जिहादी हमलाविरुद्ध कडा कारबाही एवम हिन्दु समुदायको सुरक्षाको माग गर्दै आवश्यक कदम चाल्न सरकारसंग आग्रह गरेका छन् ।