जनकपुर  । धनुषाको सबैलाका एक युवकको जनकपुरमा रहस्यमय मृत्यु भएपछि आफन्त र स्थानीयले सबैला बजार सोमबार बिहानैदेखि बन्द गराएका छन् ।

पुस २० गते जनकपुरको रमान्नद चौक नजिक आफ्नै कोठामा रहस्यमय मृत्यु भएपछि सबैला बजार र सडक बन्द गरेर प्रदर्शन गरेका हुन् ।

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रेमको कारण सिकेन्द्र यादवको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । प्रेमको कारण केटिपक्षले यादवको हत्या गरेको उनीहरूको आरोप छ ।

‘स्थानीयले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्, आन्दोलनलाई हिंसात्मक हुन नदिन आवश्यक सुरक्षाकर्मी खटाइएको छ,’ सबैला प्रहरीले भने । (मधेश २४ न्युजबाट साभार)