काठमाडौं । काठमाडौँ महानगरपालिकाले साइबर सुरक्षा सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । माघ २ गते दिउसो २:०० देखि ५:०० वजेसम्म राष्ट्रिय सभागृह, प्रर्दशनी मार्गमा महानगरले “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि” (Employment and Economic Enhancement for Prosperity of Kathmandu) गौरवको योजना अन्तर्गत काठमाडौं महानगर वासीहरुलाई लक्षित गरी विभिन्न तालिम, सीपको माध्यमवाट क्षमता अभिवृद्धि गराई विभिन्न पेशा, रोजगार, स्वरोजगार वा उद्यमशीलतामा आवद्ध गराउने भएको छ ।

करीव ५००० जनालाई प्रत्यक्ष रोजगारी र १५००० हजार जनालाई क्षमता अभिवृद्धि तालिम प्रदान गरी आयआर्जनमा आवद्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउन EC Council बाट ४००० जना नेपालीहरुलाई करिब ५ करोड लागत बराबरको साइबर सुरक्षा (Cyber Security) तालिम दिने प्रतिबद्धता जनाएकोले, काठमाडौं महानगरपालिका, EC Council र GAP Technology को संयुक्त सहभागितामा निजी, गैर सरकारी क्षेत्र र शैक्षिक संस्थाहरुको उपस्थितीमा समुद्घाटन कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नको लागी यहाँ क्लिक गर्नुहोस् ।