पुष १४, काठमाण्डौ – पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षाा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय ग्वार्को अगाडि धर्ना र प्रदर्शन गरेका थिए ।

त्यस क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

उक्त घटना स्थलमा रास्वपाका सांसद डा तोसिमा कार्कि बालकुमारीमा पुगेकी छन् । उनले उक्त स्थानमा पुगि प्लेकार्ड प्रदर्शन गरेकी छिन् । उक्त प्लेकार्डमा प्रधानमन्त्री ज्यू १७००० + २ भयो त ! अझै कति ? भनेर लेखिएको प्लेकार्ड प्रदर्शन गरेकि छिन् ।