(वसन्त खड्का )

१५ असार, काठमाडौं – “सहर कसैको हुदैन” भने जस्तै भो बिहिबार सिन्धुपाल्लचोकका ७० बर्सिय लाल बहादुर गिरि लाइ, सुनौलो सपना बोकेर छोरा छोरी लाइ राम्रो भविस्य दिन्छु भनेर काठमाडौं छिरेका लाल बहादुरको काठमाडौं बसाइ पनि लगभग २१ बसन्त पार गरिसके छ ।

गिरीबीका कारण गाउंमा बस्न नसक्ने भए पछि छोरा छोरिको लागि भनेर काठमाडौं भासिएका गिरि लगभग २० वर्ष देखि मकै पोल्ने काम गर्छन ।सुरु सुरु मा भिन्न जिबन सैली भएको सहरमा काम पाउन गिरि लाइ हम्मे हम्मे पर्यो काम कै सिलसिलामा उनले बौद्धमा भारी बोकेर जहान परिवारको पेट भरे पछि सिजन अनुसार मकै,भुट्ने र पोलेर बेच्न थाले यसरी मकैको ब्यापार मै लागेर भए पनि छोरा छोरिलाइ राम्रै संग राखेर संचित केहि रकम बाट कागेस्वरि मनहरा ६ नमुना बस्तिमा सानो जग्गा लिएर सानो टहरो बनाइ बसेका लाल बहादुरले ऋण पान गरेर भए पनि हाल पक्कि घर बनाउन सफल भएका थिए ।दुइ छोरा विदेशमा रोजगारीकै सिलसिलामा रहेका छन् जेठो छोरा कुवेत र कान्छो छोरा दुवइमा छन् ।

(लाल बहादुर गिरि )

दुख कस्ट सहेर यहाँ सम्म आइपुग्दा को यात्रा लाल बहादुर लाइ सजिलो भने थिएन, सेतै फुलेको कपाल र आवरणले बताई सकेको थियो ।कसै संग रिस राग रिसिइ नभएका उनलाई मध्य रातमा अन्जान नम्बर बाट फोनमा आउछ ” दस लाख दे नत्र तेरो घर बमले उडाइ दिन्छु” त्रसित मुद्रामा निद्रा बाट उठेका उनलाई ” नपत्याए तेरो घरको गेटमा भएको गाडामा हेर” तेस्तो खाले धम्कि आएकोले तल सम्म जाने आट आएन उनलाई ससाना नाति नातिना भएका गिरिले प्रहरी लाइ खबर गरे र तत्काल प्रहरी आयो प्रहरीले सेना को बम डिस्पोजल टोलि बोलाइ उक्त संकास्पद बस्तुलाइ निस्क्रिय पार्यो। निस्क्रिय पार्दा सम्म बिहानको पाच बजि सकेको थियो । घटना बाट अन्जान उनका परिवार त्रसित छन् ।कोहि नया मान्छे आउदा पनि निकै सोधपुछ गर्ने गरेका उनले हामी पुग्दा पनि निकै त्रसित मुद्रा मा निकै सोधपुछ गरे।

(संकास्पद वस्तु राखिएको गाडा देखाउदै लाल बहादुर)

यस्ता घटना काठमाडौंमा दिनानु दिन बढ्दो छ । केहि दिन अगाडी मात्र बसुन्धारा पनि यस्तै प्रकृति को संकास्पद बस्तु फेला परेको थियो । बढ्दो यस्ता घटनाले काठमाडौं दैनिक असुरक्षाको घेरामा पर्दै गएको छ ।