(रन्जन थापा)
फाल्गुन १८, काठमाडौं- सुदृढ लोकतन्त्र तथा न्यायालयमा हुने भ्रष्टाचार र ढिलासुस्ती निर्मुल गर्नुपर्ने माग राख्दै लोकतान्त्रिक अभियन्ता नन्दराज उपाध्याय एक साता अघिदेखी धर्नामा रहेका छ्न ।

आफुलाई लोकतान्त्रिक अभियन्ता बताउने तिला गाउँपालिका वडा नम्बर ४ जुम्लाका नन्दराज उपाध्यायले ‘सुदृढ लोकतन्त्र, न्यायालयमा हुने भ्रष्टाचार तथा ढिलासुस्ती निर्मुल गर्नुपर्ने’ जस्ता विभिन्न मागसहित काठमाडौंको माइतिघर मण्डलामा एकसाता देखि धर्ना दिइरहेका छन।

नोट अधिकार प्रदान गर्नहुने तर भोट अधिकार प्राप्त गर्न किन नहुने? नोट चल्ने भोट किन नचल्ने, चिरकाल सम्म कमसल रोज्न किन बाध्य पारिन्छ?, आफन्त र सुकिला मुकिलालाई टिकट दिने प्रथा बन्द गरौ, असक्षम र अयोग्यलाइ कहिले सम्म नागरिकले बोक्ने ? जस्ता माग राख्दै धर्ना बसेको एकसाता भएको उपाध्याय बताउछ्न ।

उपाध्यायले पुर्ण लोकतन्त्रको आधुनिक मान्यतामा लोकतन्त्र रक्षाका लागि भन्दै निर्वाचन प्रणालीमा सुधारका योजना समेत आफ्नो मागमा समेटेका छन । निर्वाचन प्रणाली सुधारका लागि प्राइमरी इलेक्शन, राइट टु रिजेक्ट र नो भोटको अधिकार, सम्मानित सर्वोच्च अदालत द्वारा २०७० पौष २१ गते आदेश भएको, राइट टु रिकल, विदेशमा भएका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिने सम्मानित सर्वोच्च अदालत द्वारा २०७४ चैत्र ७ गते निर्देशनात्मक आदेश जारी भएको बताउछ्न ।

उपाध्यायले आफ्ना यी मागहरु पूरा भएमात्र सर्वमान्य सिद्धान्तमा आधारित सुधारको चौथो पुस्ताको लोकतन्त्र बलियो हुने धारणा समेत राखेका छन साथै आफ्नो माग पूरा नभएसम्म धर्ना जारी रहने बताएका छन ।