११ कार्तिक, एजेन्सी – अभिनेता शाहरुख खानका छोरा आर्यन खानले मुम्बई हाईकोर्टबाट जमानत पाएका छन् ।

लगातार तीन दिनसम्म आर्यनको जमानत याचिकाको सुनुवाईपछि मुम्बई उच्च अदालतले बिहीबार उनलाई जमानत दिने निर्णय गर्‍यो ।

आर्यनको जमानत याचिकामा मंगलबारदेखि मुम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो। आर्यन विगत तीन सातादेखि जेलमा थिए ।

आर्यन खान बाहेक अरबाज मर्चेन्ट र मुनमुन धामेचा पनि यस मुद्दामा जमानत पाएका छन् । यस मुद्दामा आर्यन खानको प्रतिनिधित्व पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले गरेका थिए ।

यस निर्णयपछि मुकुल रोहतगीले भने, ‘मुम्बई हाई कोर्टले आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धामेचालाई तीन दिनको बहस सुनेर जमानत दिएको छ । विस्तृत आदेशको प्रतिलिपि भोलि दिइनेछ। आशा गरौँ भोलि वा शनिबारसम्म उनीहरू सबै जेलमुक्त हुनेछन् ।”

आर्यन खानलाई गत अक्टोबर ३ मा नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी०ले क्रुजमा रेभ पार्टी गरेको आरोपमा पक्राउ गरेको थियो । यसअघि आर्यनको जमानतको निवेदन दुई पटक खारेज भएको थियो ।

दोस्रो पटक २० अक्टोबरमा मुम्बईको विशेष अदालतले आर्यन र अन्य दुई आरोपीलाई जमानत अस्वीकार गरेको थियो।