११ कार्तिक, काठमाडौं – सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। आज बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले डा। शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिका र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

शर्मा पूर्व अमेरिकी राजदूत हुन् भने राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाका विज्ञ हुन्। आचार्य भने संयुक्त राष्ट्रसंघका लागि पूर्व उपमहासचिव थिए।