काठमाडौं, ११ जेठ । कलैया, बारा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बारा जिल्लामा रहेको विश्वप्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरको दर्शन गर्नुभएको छ। आफ्नो मधेस प्रदेशको भ्रमणका क्रममा मन्त्री यादवले आज बिहानै महागढीमाई नगरपालिकामा अवस्थित मन्दिर परिसर पुगेर विशेष पूजाअर्चना गर्नुभएको हो।
मन्दिर पुग्नुभएका मन्त्री यादवलाई गढीमाई मन्दिर विकास समिति जनप्रतिनिधि र सर्वसाधारणले भव्य स्वागत गरेका थिए। मन्त्री यादवले देशमा अमनचयन, समृद्धि र नागरिकको कल्याणको कामना गर्दै गढीमाईको मूल मन्दिरमा विधिपूर्वक पूजा गर्नुभएको मन्दिर समितिले जनाएको छ।पूजाअर्चना पश्चात् पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले गढीमाई केवल नेपालको मात्र नभएर अन्तर्राष्ट्रियस्तरकै एक ठूलो आस्थाको केन्द्र रहेको उल्लेख गर्नुभयो। उहाँले यस क्षेत्रको धार्मिक पर्यटन विकासले समग्र मुलुककै आर्थिक समृद्धिमा टेवा पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया